‘सेवा सुविधा दिन नसकिने’ वडा कार्यालयको सार्वजनिक सूचना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘सेवा सुविधा दिन नसकिने’ वडा कार्यालयको सार्वजनिक सूचना


१४ कार्तिक २०७६, बिहिबार


काठमाडौँ । पञ्चदेवल विनायक नगरपालिका, ६ नं. वडा कार्यालय तोली, अछामले वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरू प्रदान गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

वडाध्यक्ष पूर्ण बहादुर रावलले सूचना जारी गर्दै सेवा सुविधा प्रदान गर्न नसकिने जनाएका हुन् ।

विगत लामो समयदेखि कार्यालयमा हुनुपर्ने आवश्यक कर्मचारी नहुँदा कार्यालयको दैनिक कार्यसम्पादनमा गम्भीर समस्या परेकोले आवश्यक कर्मचारीको व्यवस्थापन नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवासुविधाहरु प्रदान गर्न नसकिने भन्दै उक्त सूचना जारी गरिएको जनाइएको छ ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस