२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठपर्वमा सूर्य र छठी माताको एकैसाथ पूजा

अ+ अ-

पोखरा । लोक आस्थाका पर्व छठ गण्डकी प्रदेशको पोखरामा पनि आजबाट विधिवत रूपमा शुरु भएको छ । लगातार चार दिनसम्म मनाइने गरिएको यस पर्वको अवसरमा तराईका विभिन्न जिल्लाबाट रोजगारका लागि पोखरामा बसोबास गर्नेहरु धार्मिक एवं सांस्कृतिक पर्व छठ उत्साहका साथ मनाउन जुटेका छन् ।

छठपर्व मनाउनका लागि आवश्यक बाँसका टोकरीलगायतका सामग्रीहरु सहजरूपमा पाउनु, स्थानीयवासीको पर्वप्रतिको अभिरुचि तथा सहयोगी भावनाका कारण पोखराको प्रसिद्ध फेवातालका साथै अन्य नदीहरुमा पनि भव्यरूपमा पर्व मनाउने गरिएको पोखरामा व्यापार गर्दै आइरहेका ललनकुमार झाले बताए ।

कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजबाट विधिवतरूपमा शुरु भई सप्तमी तिथि अर्थात् आइतवार उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि यो पर्व विधिवतरूपमा सम्पन्न हुन्छ । यस पर्वका व्रतालुले शुद्ध भोजन ग्रहण गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमी तिथिमा दिनभर व्रतालु उपवासमा बसेर साँझपख नयाँ माटोको चुल्होमा खीर पकाएर देवीदेउतालाई अर्पण गरी प्रसादको रुपमा परिवारका सदस्यलाई वितरण गरेर आफू पनि प्रसादको रुपमा ग्रहण गरिन्छ । यस विधिलाई ‘खरना’ भनिन्छ ।

खरनाको प्रसाद ग्रहणलगत्तै व्रतालुले पुनः उपवासको निरन्तरता दिँदै करीब ४० घण्टा निरन्तररूपमा उपवास बसेर कात्तिक शुक्ल षष्ठीमा अस्ताउँदो र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व समापन हुन्छ । सन्तान प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्ने उद्देश्यका साथ यो पर्व मनाइने गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।

छठ माता को हुन् ?

षष्ठी शब्द अपभ्रंश हुँदै ‘छठी’ र छठीबाट छठपर्वको रुपमा नामाकरण भएको धार्मिकग्रन्थको आधारमा देखिन्छ । छठपर्वको अवसरमा गरिने षष्ठी देवीको पूजाको सम्बन्धमा श्रीमद्देवी भागवत पुराणमा वर्णन गरिएको छ । सो पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमाको सम्बन्धमा राजा प्रियव्रतको कथामा उल्लेख गरिएको हो ।

सो धार्मिक ग्रन्थमा उल्लेख गरिएनुसार, राजा प्रियव्रतलाई सन्तान थिएन । ऋषिमुनिको सल्लाहमा राजाले यज्ञ गरे । महर्षि कश्यपले यज्ञका लागि पकाइएका खीर महारानी मालिनीलाई प्रसादको रुपमा सो खीर ग्रहण गर्न दिए । त्यो खीर ग्रहण गरेपछि निर्धारित समयमा रानीले पुत्रलाई जन्म दिइन् । तर, पुत्र मृतावस्थामा जन्म लिए । मृत सन्तानको जन्मको खबरले राजा अति विह्वल भए । सो सन्तानको अन्तिम संस्कारको समयमा राजाले श्मशानघाटमा प्राण त्याग गर्न खोजे ।

सोही समयमा दिव्य रथमा सवार एक देवी प्रकट भइन् । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै देवीले भनिन्, ‘म ब्रह्माकी मानसपुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृत्तिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी भनिन्छ ।’ देवीले राजाका मृत सन्तानलाई काँखमा राखेर जीवित पारिन्। उनले मेरो पूजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिइन्। मेरो पूजा गरेमा सन्तानको रक्षा, सन्तान कर्मशील हुने, घरबाट दरिद्रताको अन्त्य हुने उपदेश दिइन् ।

कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिमा छठपर्व मनाउन थालिएको धार्मिक विश्वास रहिआएको छ । षष्ठी देवीको नामबाट कालान्तरमा शब्द अपभ्रश हुँदै ‘छठी’ र छठ पर्व भन्न थालिएको विश्वास गरिन्छ ।

छठपर्वमा सूर्यको पूजा

छठपर्वको अवसरमा सूर्यदेवको पूजा रामायणसँग जोडिएको छ । त्रेतायुगमा भगवान् राम १४ वर्षको वनवासको अवधिमा रावणको बध गरेका थिए । १४ वर्षको बनवासको अवधि पूरा गरेर कात्तिक औँशी तिथिमा अयोध्या फर्केपछि अयोध्यामा दीपावली मनाइएको रामायणमा उल्लेख गरिएको छ ।

दीपावलीको आठौँ दिन छठ पूजा गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यारोहण गर्नुभन्दा पहिले ब्राह्मण (रावण)को हत्याको पापबाट मुक्त हुन ऋषिहरुले सूर्यदेवको पूजा गर्न सल्लाह दिए । कात्तिक शुक्ल षष्ठी र सप्तमी तिथिमा भगवान् रामले सूर्यदेवको पूजा गरेकाले सोही दिनदेखि छठपर्वमा सूर्यदेवको पूजा हुन थालेको विश्वास गरिन्छ ।

यी दुई महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी देवी अर्थात् छठी माता र सूर्यदेवको पूजा एकैसाथ हुन थालेको विश्वास गरिन्छ । यसका साथै, भविष्य पुराणमा उल्लेख गरिएनुसार, शौनकमुनिको जिज्ञासामा मुनि सूतजीले रोगग्रस्त, सन्तानहीन, अल्पायुमा मृत्युलगायतका कष्टबाट मुक्त हुनका लागि कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्यदेवको विधिवत पूजा गर्न सल्लाह दिएको उल्लेख गरिएको छ ।

सोही अवसरमा पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउँदै भीष्म पितामहले एक दुष्ट क्षेत्रीय राजा कुष्ठरोगबाट पीडित थियो । सो कष्टबाट मुक्ति पाउनका लागि आत्महत्याको विचार गरे । सोही समयमा एक विद्घान ब्राह्मण दरबारमा आइपुगे। राजाले उनीसमक्ष आफ्नो स्वास्थ्यका साथै कतिपय प्रजा पुत्रविहीन रहेको, कष्टमा रहेको सुनाएपछि सो ब्राह्मणले सूर्यदेवको उपासना गर्न र सो अवसरमा खरनादेखि छठपर्वको पूजा गर्ने विधिबारे विस्तारमा जानकारी गराएपछि छठपर्व मनाउन थालिएको उल्लेख गरिएको छ ।

कृषिमा आधारित पर्व छठ

यस पर्वलाई कृषिमा आधारित पर्वको रुपमा पहिचान गरिन्छ । यस पर्वमा पूजा गर्नका लागि बाँसको नयाँ टोकरी, कोनियाका साथै प्रसादको रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भाण्टा, मुला, सुथनी, अँकुरी, अलुवा, जुटा, मिठाइ र पकवानको रुपमा ठेकुवा र भुसुवा अनिवार्यरूपमा चढाउने गरिन्छ ।

नियम निष्ठा र पवित्रताका साथ मनाउने गरिएको यो पर्व भाकल पूरा भएपछि शुरु गरिन्छ । त्यसपछि, प्रत्येक वर्ष मनाउनुपर्ने नियम रहेको छ । यो पर्वको खास विशेषतामा समाजका सबै वर्ग पूजास्थलमा एकैसाथ रहनु, उँचनीचको भेदभाव नहुनु र जोकोही व्रतालु पूजास्थलमा अघ्र्य अर्पण गरिदिएमा पूजा पूर्णरूपले सम्पन्न हुन्छ ।