खोलाले बगाउँदा बालकको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

खोलाले बगाउँदा बालकको मृत्यु


१३ कार्तिक २०७६, बुधबार


बालक

नुवाकोट । बेलकोटगढी नपा–१२ घोडगाढका ९ वर्षीय बालक विप्लव मिजारको तादी खोलाले बगाउँदा मृत्यु भएको छ । आज तादी खोलामा पौडी खेल्ने क्रममा मिजारलाई खोलाले बगाएको हो ।

खोलाले बगाउँदै गर्दा उद्धार गरी विदुरको चक्रदेव पोलिक्लिनिकमा उपचार गर्ने क्रममा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विशाल मिजारका छोरा विप्लव काठमाडौँ बस्दै आएका थिए । उनी तिहार मनाउनका लागि गाउँमा आएका थिए । मिजार साथीसँगै खोलामा पौडी खेल्न गएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस