रोकी राखेको बसमा आगलागी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रोकी राखेको बसमा आगलागी


१३ कार्तिक २०७६, बुधबार


काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा आज अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

बा३ख ८०३४ नंको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार केही महीनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो ।

आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे छानबिन शुरु गरिएको इप्रका बनेपा प्रनि भट्टराईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस