बलात्कार आरोपमा कांग्रेसका एक नेता पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बलात्कार आरोपमा कांग्रेसका एक नेता पक्राउ


१३ कार्तिक २०७६, बुधबार


pakrau

काठमाडौं । प्रहरीले कांग्रेसको विद्यार्थी संगठनका एक जना नेतालाई १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइका अनुसार गजुरेल नयाँ बसपार्कबाट कात्तिक ३ गते नै जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् । गजुरेलमाथि थप अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए ।

गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य रहेको बताइएको छ । गजुरेल नयाँ बसपार्कबाट कात्तिक ३ गते नै जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् । गजुरेलमाथि थप अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए ।

प्रहरीका अनुसार गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती युवतीलाई लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस