गगन थापा अध्ययनका लागि सिंगापुर, उतै लगाए भाईटीका « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गगन थापा अध्ययनका लागि सिंगापुर, उतै लगाए भाईटीका


१३ कार्तिक २०७६, बुधबार


काठमाडौं । नेपाली काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि सिंगापुर गएका छन् ।

सिंगापुरस्थित ननयाङ टेक्नोलोजिकल युनिभर्सिटीमा उनले यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् (‘वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा फेरि विद्यार्थी हुने मौका मिल्यो।’

यसअघि थापा अमेरिकास्थित हार्वड विश्वविद्यालयमा दुई साताको अध्ययनका लागि अमेरिका गएका थिए ।

यसैबीच, सिंगापुर गएका गगन थापाले सिंगापुरमै रहेकी बहिनी निर्मला नकर्मी चानसँग भाइटीका लगाएको जनाएका छन् ।

कस्तो सुखद संयोग !! अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटीका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चान संग भाइटिका । ३० वर्ष देखि भाइटिका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटिका !!

 

Tags :
प्रतिक्रिया दिनुहोस