लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति


११ कार्तिक २०७६, सोमबार


सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किदा स्थानीयवासी रुपा नेवारको रु छ लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।

आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद रु एक लाख ५० हजार, पाँच तोला सुन, १० तोला चाँदी, पाँच माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूजाकोठाबाट शुरु भएको आगोले नेवारको ढुङ्गा माटोले बनेको तीन तले घरको पूजाकोठा जलेर नष्ट भएको छ । साँझ ७ः४५ बजेबाट शुरु भएको आगो राति ९ः३० बजे स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो । तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रुपा नेवार नेचासल्यान गाउँपालिका–२ का वडा सदस्यसमेत छन् ।

प्रतिक्रिया दिनुहोस