विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी


११ कार्तिक २०७६, सोमबार


मेलम्ची । नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ।

आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभिए क्षमताको ट्रान्सफर्मर पूर्णरुपमा जलेको छ।

अचानक ट्रान्सफर्म ठूलो आवाजका साथ पड्किएको र त्यसपछि सबस्टेशनमा आगोको मुस्लो उठेको सबस्टेशनका कर्मचारी फुर्पासाङ्गे लामाले जानकारी दिए।

‘अचानक ठूलो आवाजका साथ पड्कियो, त्यसपछि त राँको उठिहाल्यो’, उनले भने, ‘एक(दुई जनाले तत्काल निभाउन सक्ने अवस्था नै भएन।’

आगलागीपछि नेपाली सेनाको विद्युत् प्राधिकरण सुरक्षा गुल्म, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राधिकरणका कर्मचारी र स्थानीय अगुवाहरु आगो नियन्त्रणमा खटिएपछि झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा आयो।

आगलागीपछि नेपाली सेना तत्काल नियन्त्रणमा खटिएको नेपाली सेनाका प्राधिकरण सुरक्षा गुल्मका क्याप्टेन प्रल्हाद केसीले बताए।

प्राधिकरणका अनुसार जलेको ट्रान्सफर्मर मर्मत हुने÷नहुने यकिन छैन। केबुल र क्वाइनहरु नै जलेका छन्, ३० एमभिए क्षमताको यो ट्रान्सफर्मर पूर्णरुपमा क्षति भएको अनुमान छ। ‘यो ट्रान्सफर्मरको मूल्य तीन करोडभन्दा बढी पर्दछ, मर्मत हुन सकेन भने तीन करोड त उसै क्षति भइहाल्यो’, सिन्धुपाल्चोक वितरण केन्द्रका इलेक्ट्रिक इन्जिनीयर राजन भण्डारीले भने।

Tags :
प्रतिक्रिया दिनुहोस