इजिप्टको बेरोजगार दर ७.५ प्रतिशत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इजिप्टको बेरोजगार दर ७.५ प्रतिशत


१० कार्तिक २०७६, आइतबार


काएरो, इजिप्ट । इजिप्टको बेरोजगार दर ३० बर्ष यता सबैभन्दा कमजोर अवस्थामा देखिएको मन्त्रीपरिषद् सञ्चार केन्द्रले शनिबार जानकारी गराएको छ ।

सन् २०१९ को दोस्रो त्रैमासिकमा इजिप्टको बेरोजगार दर ७.५ प्रतिशत पुगेको उक्त केन्द्रले आफ्नो वेबसाइटमार्फत् सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

केन्द्रका अनुसार इजिप्टमा यस अघि बेरोजगार दर सन् १९९० आठ प्रतिशत र सन् १९९१ मा ८.८ प्रतिशत कायम भएको थियो ।

सरकारले सन् २०१४ को जुलाई र सन् २०१८ को डिसेम्बरमा एक खर्ब ३० अर्ब अमेरिकी डलर बराबरका नौ हजार ३९ आयोजनामा लगानी गरेको र यसका कारण यहाँको अर्थतन्त्र वृद्धिमा तत्कालका लागि कमी आएको हो । आर्थिक विकासमा देखिएको कमीसँगै यहाँको बेरोजगार दरसमेतमा कमी देखिएको हो ।

आयोजनामा गरेको लगानीपछि उद्योग तथा व्यवसायिक गतिविधिमा सकारात्मक प्रतिफल आउने र यसले छिट्टै बेरोजगार दरको समस्यालाई न्यूनिकरण गर्दै जाने यहाँका अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस