चीनमा राप्रप्रा अध्यक्ष कमल थापा पहिलो खेलमा विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनमा राप्रप्रा अध्यक्ष कमल थापा पहिलो खेलमा विजयी


९ कार्तिक २०७६, शनिबार


काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आईटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको पहिलो खेलमा विजयी भएका छन् ।

चीनको सेन्जेन शहरमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा राप्रपा अध्यक्ष थापाले चीनका ओउ सिहाङलाई ६-० ले हराएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि थापा भ्रमण वर्ष अंकित जर्सी लगाएर टेनिस कोर्टमा उत्रिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस