कास्की २ मा रवीन्द्र पत्नी विद्याको नाम सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कास्की २ मा रवीन्द्र पत्नी विद्याको नाम सिफारिस


८ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो ।

१५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस