तीन महीनामा एक हजार नागरिकता वितरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तीन महीनामा एक हजार नागरिकता वितरण


८ कार्तिक २०७६, शुक्रबार


दार्चुला । जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले तीन महीनामा ६०१ पुरुष र ३७१ महिला गरी ९७२ लाई नागरिकता वितरण गरेको छ । यस अवधिमा महिलाभन्दा पुरुषले दुई गुणा बढी नागरिकता लिएका छन् । यस्तै आठ महिलाले बैवाहिक अंगिकृत नागरिकता लिएका छन् भने तीन महिलाले नेपाली नागरिकता परित्याग गरेका छन् । चार सय १६ ले नागरिकताको प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले यस अवधिमा दुई पुरुष र चार महिला गरी छ लाई नाबालक परिचयपत्र जारी गरेको छ । यसैगरी ५२ पुरुष र १२ महिला गरी ६४ ले जिल्लाबाट राहदानी पाएका छन् भने २१२ पुरुष र १५ महिला गरी २२७ ले केन्द्रबाट राहदानी लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सूचनाको हकअनुसार तीन महीनामा प्रवाह गरेका सेवा सार्वजनिक गरेको छ । यस अवधिमा कार्यालयले १५ हातहतियार नवीकरण र तीन हातहतियार नामसारी गरेको छ । यस्तै आदिवासी जनजाति दलित प्रमाणित ८८, नामथर प्रमाणित १४४ र जन्ममिति प्रमाणित १६ को गरेको छ । बहुयात्रा अनुमतिपत्र जारी १०६, ताक्लाकोट अनुमतिपत्र २९ र ताक्लाकोट प्रवेश अनुमतिपत्र नवीकरण ३५ जनाको गरेको जनाइएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस