२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य शिविरमा ७ हजारले लिए सेवा

अ+ अ-

गलकोट । बागलुङ बजारमा अयोजना गरिएको दुईदिने बृहत् स्वास्थ्य शिविरमा सात हजार ९८३ बिरामीले सेवा लिएका छन् । ताइवान र नेपालका करीब ३०० स्वास्थ्यकर्मीको सहभागितामा धवलागिरि अञ्चल अस्पतालमा बुधबार र बिहीबार दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

शिविरको पहिलोदिन बुधबार ३ हजार ८९३ र बिहीबार तीन हजार ९० ले उपचार, परामर्श तथा आषौधि सेवा लिएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए ।

लामो समयदेखि नशारोगसँग लडिरहेका बागलुङ नगरपालिका–४ का गौरी विकले निःशुल्क उपचार पाउँदा निकै खुशी व्यक्त गरिन् ।

शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, पारिवारिक औषधि, चिनियाँ (ताइवान) औषधि, बाल चिकित्सा, दन्त, हृदयरोग नशा, हाडजोर्नी, फोक्सोसम्बन्धी सेवा उपलब्ध गराइएकोे शिविरको आयोजक रोटरी क्लब अफ बागलुङका सचिव दीपेन्द्र घिमिरेले जानकारी दिए ।

शिविरमा ताइवानबाट ३० चिकित्सकसहित १२० जनाको मेडिकल टिम, गण्डकी अस्पताल पोखरा, हिमालय आँखा अस्पताल पोखरा र धवलागिरि अञ्चल अस्पतालका करीब ५० चिकित्सकसहित १५० रोटरियन मेडिकल टिम, स्वयंसेवी, पोखरा हेल्थ साइन्स एकेडमी, पश्चिम नेपाल स्वास्थ्य एकेडेमीका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

रोटरी इन्टरनेशल डिस्ट्रिक ३५२३ ताइवान (चीन) तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपालको सहयोग तथा रोटरी क्लब अफ बागलुङ, धवलागिरि अस्पताल र रोट्रयक्ट क्लव अफ बागलुङको संयुक्त आयोजनामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

शिविरमा आएका ताइवानीले अस्पताललाई आवश्यक उपकरण तथा रामरेखा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेका थिए । नेपालमा स्वास्थ्य सेवा लिएर आउँदा निकै खुशी लागेको रोटरी इन्टरनेशनल डिस्ट्रिक ताइवानका गर्भनर जोयले खुशी व्यक्त गरे ।रासस

प्रतिक्रिया दिनुहोस