आलमलाई थप ८ दिन थुनामा राख्न अदालतको अनुमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आलमलाई थप ८ दिन थुनामा राख्न अदालतको अनुमति


८ कार्तिक २०७६, शुक्रबार


रौतहट । जिल्ला अदालत रौतहटले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का कांग्रेस नेता तथा सांसद मोहम्मद अफ्ताव आलमलाई थप आठ दिन थुनामा राख्न अनुमति दिएको छ ।

रौतहट जिल्ला अदालतले तेस्रोपटक म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दोस्रो पटक थपिएको पाँच दिनको अवधि सकिए पनि अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले १० दिन थप थुनामै राखेर अनुसन्धान गर्न माग गरेको थियो । न्यायाधीश केशव पाण्डेको इजलासले आठ दिनको समय दिएको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस