‘मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ’ : वरिष्ठ नेता खनाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ’ : वरिष्ठ नेता खनाल


७ कार्तिक २०७६, बिहिबार


इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आज यहाँको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने खनालले बताए ।

नेपाल भ्रमण वर्ष मनाउन इलामको पर्यटकीय क्षेत्र जानका लागि सूर्योदय आइपुगेका खनालले जिल्लाको पर्यटकीय विकास गर्नका लागि पनि स्थानीय वस्तुको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले जिल्लाको चिया, अदुवालगायतका कृषिजन्य वस्तुको प्रचार गरेर आर्थिक आम्दानी बढाउनुपर्ने बताए ।

सन्दकपुरको प्रचारका लागि खनाल शुक्रबार नै सन्दकपुर जाने भएका छन् । खनालका साथमा साउदी अरेबियालगायत विभिन्न राष्ट्रका राजदूतसमेत सन्दकपुर जाँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस