ट्रक दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ट्रक दुर्घटनामा एकको मृत्यु


७ कार्तिक २०७६, बिहिबार


बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस