भारतको कर्नाटकमा बाढीका कारण थप १३ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतको कर्नाटकमा बाढीका कारण थप १३ को मृत्यु


६ कार्तिक २०७६, बुधबार


कर्नाटक । भारतको कर्नाटक राज्यमा बाढीका कारण बुधबारसम्म थप १३ जनाको मृत्यु भएको छ ।

विनाशकारी बाढीमा परेर मृत्यु हुनेको यो तथ्याङ्क यही अक्टोबर १८ देखि अहिलेसम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन् ।

राज्य सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण १५० भन्दा बढी पशुचौपाया मरेका छन् ।

अधिकारीहरुले बाढीका कारण ९ हजार ८३२ घरमा आंशिक क्षति भएको र २०६ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएका छन् ।

गत पछिल्लो छ दिनमा यस क्षेत्रमा अत्यधिक वर्षा भएको र बाढी आएकाले धनजनको क्षति भएको सरकारी अधिकारीहरुको भनाई छ ।

उनीहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले जनजीवन सामान्य हुँदै जान थालेको छ भने खोजी, उद्धार तथा राहतका लागि कामहरु पनि भइरहेका छन् ।

बगालकोटमा मात्रै ३७ हजार ३४ जना बाढी प्रभावितलाई विभिन्न शिविर बनाएर पुनस्र्थापित गरिएको छ ।

कर्नाटक राज्यका २८ ओटा शिविरमा ७२ हजार २० जनालाई पुनस्र्थापना गरिएको प्रदेश सरकारको तथ्याङ्क छ ।

सरकारी अधिकारीले बाढीबाट प्रभावितका लागि आवश्यक सहयोग उपलब्ध गराउने कार्य गरिरहेको पनि जनाएका छन् । रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस