२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

अ+ अ-

जाजारकोट । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन् ।

‘चिकित्सक समायोजनका कारण अस्पताल रित्तिएको छ’, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रविन भुसालले भने, ‘यहाँका चिकित्सकलाई केन्द्र सरकारले समायोजन गरी अन्यत्रका अस्पताल पठाएपछि जनशक्तिको अभाव भएको हो ।’

दरबन्दीमा कार्यरत चिकित्सक समायोजन भएर बाहिर जिल्ला गएपछि जिल्ला अस्पताल दरबन्दीको मेडिकल अधिकृतविहीन भएको छ । हप्ता दिन अघिमात्र जटिल खालको शल्यक्रिया हुने जाजरकोट जिल्ला अस्पतालमा अब सामान्य जाँच मात्र हुने अवस्थामा पुगेको छ । अहिले १३ जना स्वास्थ्यकर्मी र कर्मचारीको भरमा जिल्ला अस्पताल चलेको प्रमुख डा भुसालले जानकारी दिए ।

चिकित्सक पठाई दिन उनले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रहसमेत गरे । पचास श्ययाको अस्पताल चिकित्सकविहीन हुनु सामान्य कुरा नभएको उनको भनाइ छ । अहिले जिल्लाका तीन सरकारी कार्यालयलाई गाभेर स्वास्थ्य सेवा कार्यालयबाट सञ्चालन भइरहेको जिल्ला अस्पताल जाजरकोटमा विगतदेखि दिदैं आएको सेवासमेत कटौती हुन थालेका छन् ।

दरबन्दीका चिकित्सक समायोजन भई बाहिर जाने तर जाजरकोट कसैले नरोज्दा समस्य भएको हो । जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मी टिकाउन समस्या भएको भन्दै सर्वत्र चिन्ता भएको छ ।

जिल्लाको एक मात्र ५० श्ययाको अस्पताल भए पनि कर्मचारीको अभावमा थलिने अवस्थामा पुगेको डा.भुसालले जानकारी दिए। तीन कार्यालय गाभिएपछि अहिले आयुर्वेद कार्यालयका प्रमुख नै कार्यालय प्रमुखको जिम्मेवारीमा छन् । त्यस्तै ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा समेत सोही समस्य देखिएको छ ।

गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य संस्था लामो समयदेखि चिकित्सकविहीन छ । त्यस्तै दल्लीमा रहेको स्वास्थ्य संस्थामा पनि सोही समस्या रहेको छ । करारमा काम गरिरहेका चिकित्सकले पनि कामको चापले गर्दा समस्या भएको भन्दै गुनासो आइरहेको प्रमुख भुसालको भनाइ छ ।

जाजरकोट, रुकुम, सल्यान र डोल्पाका बिरामीसमेत जाजरकोटको जिल्ला अस्पतालमा जटिल खालका सेवा पाएपछि खुशी भएकोमा अहिले त्यो खुशी पीडामा बदलिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस