२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुहिकरुपमा व्यावसायिक मेवा खेती

अ+ अ-

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकाका तीन कृषकले संयुक्तरुपमा व्यावसायिक मेवा खेती शुरु गरेका छन् । रोपेको आठ महीनामै मेवा बिक्रीका लागि तयार हुने भएपछि यहाँ सामूहिकरुपमा मेवा खेती गरिएको हो ।

एउटा मेवाको बोटले कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले व्यावसायिकरुपमा यो खेती शुरु गरिएको स्थानीय कृषक पीताम्बर कर्णले बताए ।

व्यावसायिकरुपमा यो खेती गर्न फाइदाजनक हुने भएकाले उक्त नगरपालिकाका निवासी पीताम्बर कर्ण र दीपक गुप्ता तथा अनिल प्रधानले ५ बिघा जमीनमा अहिले करीब २ हजार ५०० मेवाको बोट लगाएका थिए । करीब रु २० लाखको संयुक्त लगानीमा प्राङ्गारिक मल हालेर खेती शुरु गरिएकाले उत्पादन पूर्णरुपमा प्राङ्गारिक हुने र मेवा पनि स्वास्थ्यका लागि फाइदाजनक हुने उनीहरूको भनाइ थियो ।

पाइवरनका रेडलेडी जातको मेवाको बीउ भारतको पुनाबाट ल्याएर रोपिएको कृषक कर्णले बताए । सोे मेवा खेतीसँगै एक बिघा जमीनमा करीब १५ हजार बोट सयपत्री (गैन्दा) फूल तथा एक कट्ठा जमीनमा ड्रायगन फुडको खेती मेत गरिएको छ ।

प्रदेश नं २ सरकारले अहिले युवालाई उक्त खेतीतर्फ आकर्षित गर्न विशेष प्याकेज कार्यक्रम ल्याएको हुनाले आफूहरुले यो खेती गरेको कृषक कर्णले बताए । नेपालमा भारतीय मेवाले ९५ प्रतिशत बजार ओगटेको छ ।

भारतीय मेवाका कारण नेपाली पूँजी पलायन हुन थालेकाले पनि यो खेती आवश्यक रहेको कृषक कर्णको भनाइ थियो । केही दिन अगाडि प्रदेश २ का भूमि तथा कृषिमन्त्री शैलेन्द्र साहले सो मेवा खेती अवलोकन गरेका थिए ।