अब वैदेशिक रोजगार कम्पनीका कर्मचारीको पनि विवरण दिनुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब वैदेशिक रोजगार कम्पनीका कर्मचारीको पनि विवरण दिनुपर्ने


६ कार्तिक २०७६, बुधबार


काठमाडौँ । सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई सञ्चालक तथा कर्मचारीको विवरण बुझाउन निर्देशन दिएको छ ।

सात दिन भित्र उक्त विवरण उपलब्ध नगराए कारोबार बन्द गरिने चेतावनी विभागले दिएको छ ।

म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले बताए ।

नियमन गर्न सजिलो हुने र वैदेशिक रोजगारीमा जाने व्यक्ति कम्पनीबाट अप्ठारोमा नपरून् भनेर विवरण माग गरिएको भूसालको भनाई छ ।

यसले कम्पनी र श्रमिक दुवैलाई लाभ हुन्छ उनले भने, कम्पनीको नाम बेचेर कुनै व्यक्तिले ठगी गरेको र श्रमिकलाई झुक्याएर बढी पैसा लिएको छ भने पनि तुरुन्त कारबाही गर्न सजिलो हुन्छ ।

विभागका अनुसार हाल ८५४ म्यानपावर कम्पनी विधिवत् रूपमा दर्ता भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस