गायक दुर्गेश थापा पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गायक दुर्गेश थापा पक्राउ


५ कार्तिक २०७६, मंगलबार


काठमाडौं । चर्चित गायक दुर्गेश थापा पक्राउ परेका छन् । ‘ह्याप्पी तिहार, चिसो बीयर’ बोलको विवादित गीत गाएपछि गायक थापा पक्राउ परेका हुन् ।

देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

थापाले तिहारको बेला बीयर खाने प्रचार गरेको र कानूनी रूपमै प्रतिबन्धित गरिएको गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।

सोही उजुरीको आधारमा थापालाई मंगलबार बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए । थापाले ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्दै गीत गाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस