२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रहरी भेट्दा मित्र भेटेँ सम्झनुपर्छ’ : प्रहरी उपरीक्षक देउवा

अ+ अ-

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक(एसपी) दिलीप सिंह देउवाले प्रहरी सबैको प्रिय साथी भएकोले प्रहरीसँग भेट हुँदा नजिकको मित्र भेटियो भनेर सम्झनु पर्ने बताएका छन् ।

नेपाल प्रहरीले देशभरमा सञ्चालनमा ल्याएको समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र डोटीले सोमबार दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर १ तिखामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक देउवाले प्रहरीको पोसाक लगाएको मानिस देख्ने बित्तिकै डराउनु पर्दैन प्रहरी सबैको साथी हो भनेका हुन् ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समय समयमा विभिन्न कार्यक्रम तथा अभियानहरू मार्फत लैङ्गिक हिंसा, छाउपडीको अन्य, बालबिबाहकोे अन्य आपराधिक गतिविधिको अन्य गरी शान्त समाज निमार्णमा अहम् भूमिका रहेको उनले बताए ।

सहभागीलाई लक्षित गर्दै देउवाले भने, ‘प्रहरी पोसाक लगाएको मानिस देख्ने बित्तिकै कुनै अरू दुनियाँको मानिस होइन, तपाईँहरूको सुरक्षामा रातदिन खट्ने तपाईँहरूको प्रिय साथी हो त्यसैले प्रहरीलाई आफ्नो नजिकको साथी सम्झनु पर्छ ।’

जन चेतना मूलक कार्यक्रमले समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्नुका साथै जनता र प्रहरी बिचको सम्बन्ध प्रगाढ हुने भएकाले अभियानलाई सफल पार्न स्थानीय बासीको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।

चेतनामूलक अभियान सञ्चालन गर्दा व्यवहार परिवर्तनका साथै सामाजिक परिवर्तन र विकासमा समेत सहयोग पुग्ने वडा नम्बर १ का वडा अध्यक्ष बहादुर खड्काले बताए । उनले भने ‘हाम्रो समाजमा रहेका केही त्यस्ता सामाजिक कुरुतीका कारण हामीले जिल्ला बाहिर जाँदा शिर निहुराउनु पर्ने अवस्था आएको छ ।’

कानुनले वञ्चित गरिएका छाउपडी कुप्रथा जस्ता कुराहरूलाई पनि हाम्रो समाजले अनुसरण गर्दै आइरहेकोले यसको अन्यका लागि लागि परेको र चेतना अभिवृद्धि गर्ने कुरा एकै पटक सम्भव नरहेकोले बिस्तारै हट्दै जाने समेत अध्यक्ष खड्काले बताए ।

समाजमा रहेका छाउपडी प्रथा, बालविवाह, लैङ्गिक हिंसा लगाएका कुप्रथालाई अन्य गर्ने किसिमका अभियानमा वडा जहिले पनि सहकार्य समन्वय गर्न तयार रहेको समेत वडा अध्यक्ष खड्काले बताए ।

समाजमा रहेका विकृति विसङ्गतिको अन्त्य गर्नका साथै सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरूका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष शिद्धराज जोशीको भनाइ छ। उनले भने ‘प्रहरी र हामी मिलेर सभ्य समाज निमार्णमा लागेका छौ, स्थानीय सरकारले पनि सहयोग गरेको छ , सबैले सहयोग गर्नुपर्छ सबैको सहयोग भए अभियानलाई निरन्तरता दिन सकिन्छ’

समाजमा हुने गरेका लैंगिक हिंसा, घरेलु हिंसा, सामाजिक विकृति विसङ्गतिको अन्य अपाराधिक गतिविधिलाई न्यूनीकरण गरी समुदायसँगको साझेदारीमा सभ्य समाज निमार्ण गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको अभियानको तीव्रतासँगै बस्ती स्तरमा रहेका स्थानीयहरूको चेतना अभिवृद्धिमा सहयोग पुगेको सामुदायिक प्रहरी सेवा केन्द्र डोटीका प्रहरी सहायक निरीक्षक राम नाथले बताए ।

प्रहरीले पछिल्लो समयमा जन चेतना मूलक अन्तरक्रियाका साथै नागरिकलाई सहायता पुगोस् भन्ने हेतुले नेपाल प्रहरीको काम कर्तव्यका साथै कुनै आपराधिक घटना, प्रकोप जन्य घटना, कुनै दृघटना भई हाले प्रहरीलाई कसरी छिटो भन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा पनि टोल टोल, क्याम्पस, विद्यालयहरूमा पनि फोन नम्बरहरू बाँड्दै जानकारी गराउँदै आएको छ ।

नेपाल प्रहरीले देश व्यापी रूपमा जनसम्पर्क बढाउन समय समयमा विभिन्न अभियानहरू सञ्चालन गर्ने गरेको छ । मुस्कान सहितको प्रहरी सेवा, टोल टोलमा प्रहरी, समुदायमा प्रहरी लगायतका अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस