२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधुनिक कृषि फार्ममा ढकमक्क सयपत्री

अ+ अ-

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियाली गुरुपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ ।

जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा रु छ करोडको लगानीमा हरियाली गु्रपले सञ्चालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा यतिबेला ढकमक्क फुलेका सयपत्री फूलले वातावरण नै सुन्दर बनाइदिएको छ ।

सो फार्ममा तरकारीखेती, माछापालन, मौरीपालन, फूल र ‘ड्रागन फ्रुट’ (सिउँडी फल) को व्यावसायिक खेती शुरु गरेको हरियाली गु्रप सञ्चालक समितिका सदस्य तथा २ नम्बर फिल्डका इञ्चार्ज केदार पौडेलले जानकारी दिए ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर पहिलोपटक छ रोपनी जग्गामा तीन हजार ५०० वटा सयपत्री फूलका बिरुवा लगाइएको र ती फूलका बोटमा अहिले ढकमक्क फूल फुलेका छन् । फूल लगाएको ठाउँको माथिल्लो भागमा सेरेना जातका १०० घार मौरी रहेका छन् ।

यहाँको फूलको माग सदरमुकाम बेनीलगायत म्याग्दीका विभिन्न क्षेत्रमा नै खपत हुने गरेको छ । त्यसैगरी, म्याग्दीमा कतै नगरिएको ‘ड्रागन फ्रुट’ का १०० बिरुवा पनि लगाइको तरकारी फिल्डका इञ्चार्ज बुद्धि सुनारले जानकारी दिए ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।

‘विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामूहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकको ‘आमूल’ मोडललाई पछ्याउँदै सोही मोडललाई समावेश गरी फार्म सञ्चालन गरिएको फार्मका सञ्चालक एवं फिल्ड इञ्चार्ज पौडेलले बताए ।’ पौडेलका अनुसार यो फार्म म्याग्दीका लागि पाइलट प्रोजेक्ट हो ।

‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ’, पौडेलले भने, ‘यसबाट स्थानीयलाई रोजगारी तथा फूल, तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाइ बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्य रहेको छ ।’

कूल ३६ जना कृषकको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ । कृषकलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा छ/छ महीनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए । निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पक्षी कालीज पालन गर्ने तयारी गरिएको छ ।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ३२ जना कर्मचारी तथा मजदूरमध्ये अधिकांश जग्गाधनी छन् । जग्गाको भाडासँगै रोजगारी पाउनुका साथै खडेरी, मल–बीउ, कृषि मजदूर, लगानी अभावको समस्याबाट कृषकले मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताए ।

‘बजार नजिक, सडक सुविधा, अनुकूल हावापानी र ठूलो फाँट भए पनि खण्डीकृत जमीन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिँचाइको अभावले कृषि जीविकोपार्जनमा सीमित थियो’, खड्काले भने, ‘समूहकृत खेती शुरुआत भएपछि अवस्था फेरिएको छ ।’

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरी लिफ्ट प्रविधिबाट पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको छ । बाह्रै महीना नियमित खेती गर्न सकिने भएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनी, ग्रास र कमनकार्प जातका माछा पालिएको छ ।

मासु र अण्डाका लागि छुट्टाछुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको छ । सय घारमा माहुरी पालिएको र सय रोपनी खुला जमीन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रविधिको प्लास्टिक घरभित्र तरकारी लगाइएको छ ।

रु ४० लाख बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको पौडेलले जानकारी दिए । कम्पनीमा आबद्धबाहेक अन्य साना कृषकले पनि कम्पनीको मापदण्ड र गुणस्तरअनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस