१२ हजार घुससहित दुई नियन्त्रणमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१२ हजार घुससहित दुई नियन्त्रणमा


३ कार्तिक २०७६, आइतबार


घुस

कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आज दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय लेखनाथका खरीदार भानु नगरपालिका–६ तनहुँका मनोहरी भट्टराई र लेखापढी व्यवसायी फलेवास नगरपालिका–१ पर्वतका प्रकाश पौडेललाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले रु १२ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न ४ः३० बजे नियन्त्रणमा लिएकोे आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनीहरु माथि थप छानबिन भइरहेको र आयोगको कार्यालयमा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस