२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलखाडलमा गाडिएको अवस्थामा युवकको शव फेला

अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वार नजिकै एक युवाको हत्या भएको छ । हत्यापछि एक स्थानीयवासीको घर नजिकै रहेको मलखाडलमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।

लामोसाँघु–जिरी सडक सुधार आयोजनामा स्काभेटर चलाउँदै आएका बाह्रबिसे नगरपालिका–४ पलातीका ३० वर्षीया जीवन थापाको हत्यापछि मलखाडलमा लगेर शव गाडिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

शुक्रबार बेलुकीदेखि हराइरहेका थापाको खोजबिनका क्रममा मलखाडलमा गाडेको अवस्थामा शव फेला परेको सुनकोशी गाउँपालिका–७ का वडाध्यक्ष ईश्वर तिमिल्सिनाले जानकारी दिए । गत मङ्सिरदेखि लामोसाँघु–जिरी सडक निर्माणको जिम्मा पाएको गौरी–पार्वती ठेकेदार कम्पनीमा कार्यरत थापा एक किलोमा रहेको कम्पनीको कार्यालयमा बस्दै आएका थिए ।

शुक्रबार बेलुकीदेखि हराएपछि कम्पनीमा कार्यरत साथीहरुले प्रहरीलाई खबर गरेर शनिबार उनको खोजी भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । थापाको हत्याको घटनामा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेले सुनकोशी–७ स्वारा निवासी प्रतिमा विश्वकर्मा र जुना कार्कीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । घर छेउकै जङ्गलमा लुकिरहेको अवस्थामा प्रतिमालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिमाले बयानका क्रममा आफूले मादक पदार्थ सेवन गरेर सुतेको र राति आफू नजिकै जीवन पनि सुतिरहेको देखेपछि छाम्दा चिसो भइसकेको पाएपछि बिहान घिसारेर नजिकै रहेको जुना कार्कीको घर छेउमा रहेको मलखाडलमा लगेर गाडिदिएको बताएकी छिन् ।

जुना कार्कीले भने मृतक जीवन थापालाई घिसारेर लैजाँदै गरेको देखेको र गाडेको देखे पनि प्रहरीलाई खबर नगरेको बयान दिएको इलाका प्रहरी कार्यालय बाह्राबिसेले जानकारी दिएको छ ।रासस