२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

अ+ अ-

कञ्चनपुर । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् ।

तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको छ उनले भने, “चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ ।”

नेपाल भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए । गस्तीमा सशस्त्र प्रहरी बल बर्डर आउट पोष्टका ११ जवान, इप्रका बेलौरीका ११ जवान भारतको तर्फबाट एसएसबीका कमलापुरी कम्पनीका प्रहरी निरीक्षक भेरजी सोधाको कमाण्डमा रहेका छ जना र एसएसबीका शारदापुरी कम्पनीका प्रहरी नायब निरीक्षक सन्दीपकुमारसहित चार जनाको टोलीले संयुक्त गस्तीको कार्यमा सहभागिता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस