ग्राण्डीबाट फर्किए प्रधानमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ग्राण्डीबाट फर्किए प्रधानमन्त्री


२ कार्तिक २०७६, शनिबार


प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।

सिंगापुरमा उपचार गराएर फर्किएपछि उनले पहिलो पटक स्वास्थ्य जाँच गराएका हुन् । उनी शुक्रबार विहान धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । उनी शुक्रबार साँझ फर्किएका हुन् ।

फलोअप रिपोर्र्ट आउन बाँकी नै रहेको उनका निजी चिकित्सक दिव्या शाहले बताइन् ।

उनी सिंगापुरमा उपचार गरेर भदौ २० मा स्वदेश फर्किएका थिए । सिंगापुरमा उनको प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस