निवर्तमान सभामुख महरा सीसीयूमा भर्ना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निवर्तमान सभामुख महरा सीसीयूमा भर्ना


१ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रक्तचाप बढेपछि सीसीयूमा राखिएको छ ।

एक्कासी रक्तचाप बढेपछि अपरान्ह ४ बजे मुटुको एन्जिओग्राफी गरिएसँगै सीसीयूमा राखेर उपचार भइरहेको एक चिकित्सकले जानकारी दिएका छन् । उनको रक्तचाप शुक्रबार दुई सय पुगेको छ।

महराको रगत पनि केही बाक्लो देखिएका कारण एन्जिओग्राफी पछि रगत पातलो पार्ने र कोलस्ट्रोल कम गर्ने औषधि दिइएको अस्पतालका चिकित्सकले बताएका छन् ।

असोज १९ मा पक्राउ परेका महरा २३ असोजदेखि नर्भिक अस्पतालमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस