५ सिडिओको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५ सिडिओको सरुवा, हेर्नुहोस् को कहाँ ?


१ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।

शुक्रबार(आज) बसेको मन्त्रिस्तरीय बैठकले सिडिओहरुको सरुवा गरेको हो ।

मन्त्रालयका अनुशार जिल्ला प्रशासन कार्यालय, बर्दियाका सिडियो राम बहादुर कुरुम्वाङलाई स्याङजामा सरुवा गरेको छ भने स्याङजाका कोशहरि निरौलालाई गुल्मि सरुवा गरेको छ । कुरुम्वाङको ठाउँमा इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तुका उपसचिव प्रेमलाल लामिछानेलाई पठाएको छ ।

त्यसैगरी गुल्मिका सिडिओ यदु नाथ पौडेललाई दार्चुला सरुवा गरेको छ भने दार्चुलाका सिडिओ शंकर बहादुर विष्टलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस