बालगृहमा बालबालिकाको उचित संरक्षणमा जोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालगृहमा बालबालिकाको उचित संरक्षणमा जोड


१ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले बालसुधार गृहका बालबालिकाको मनोपरामर्शसहित राम्रो हेरचाह गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय बाल न्याय समितिले आज यहाँ आयोजना गरेको ‘बाल संरक्षणसम्बन्धी कार्यशाला’ को आज यहाँ उद्घाटन समारोहमा उनले बालसुधार गृह बालमैत्री हुनुपर्ने र बालबालिकाको उचित संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रधानन्यायाधीश राणाले भने, ‘सर्वोच्च अदालतले बालसुधार गृहका सम्बन्धमा दिएका निर्देशनात्मक आदेशको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ ।’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालसुधार गृहमा सोचेअनुरुप सेवासुविधा दिन नसकेको स्वीकार गरे । उनले ऐन/कानूनको अभावमा पनि सुधारगृहका बालबालिकाको उचित संरक्षण गर्न नसकिएको र हालसम्म ५ वटा सुधारगृहमा ८०० बालबालिका रहेको जानकारी दिँदै तनहुँमा ठूलो बालसुधार गृह निर्माण गर्न लागेको बताए ।

सुधारगृहमा खासगरी अभिभावकविहीन बालबालिका, सडक बालबालिका, विपन्न, आपराधिक कार्यमा संलग्न बालबालिका सुधार गृहमा राखिन्छन् । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बालसुधार गृहमा बाल मनोपरामर्शसहितको व्यवस्था गरी उचित हेरचाह गर्नुपर्ने खाँचो औँल्याए ।

उनले राष्ट्रका लागि उपयुक्त सन्तान बनाउनका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिँदै ती बालबालिकालाई अपराधविरुद्धको चेतना बढाउनसमेत जरुरी भएको सुनाए । समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले निमुखा बालबालिकालाई राखिने सुधारगृह बालमैत्री र उचित हेरचाह गर्ने खालको हुनुपर्नेमा जोड दिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस