अमिताभ बच्चन तीन दिनदेखि अस्पतालमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमिताभ बच्चन तीन दिनदेखि अस्पतालमा


१ कार्तिक २०७६, शुक्रबार


एजेन्सी । बलिउडका मेगास्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

उनी बिरामी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । लामो समयदेखि उनको कलेजोमा समस्या भएको र त्यो थप जटिल भएपछि अमिताभ अस्पताल भर्ना भएका हुन् ।

यसअघि नै उनको कलेजोले २५ प्रतिशत मात्र काम गरिरहेको समाचारहरु आएका थिए ।

उनलाई समस्या भएपछि मंगलबार दिउँसो अस्पताल लगिएको जनाइएको छ । उनलाई परिवारका सदस्यहरुले लगातार भेट्न गएको र उनको अवस्थाबारे अस्पतालले केही पनि सार्वजनिक नगरेको भारतीय मिडियामा समाचार छ ।

सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उनमा समस्या हुन थालेको बताइएको छ । सन् २०१२ मा शल्यक्रिया गरेर उनको ७५ प्रतिशत कलेजो फालिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस