गैरआवासीय नेपाली संघको मतगणना जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गैरआवासीय नेपाली संघको मतगणना जारी


१ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत जारी मतगणना ८५ प्रतिशत सकिएको छ । अध्यक्षका प्रत्यासी कुमार पन्तको अग्रता कायमै रहेको छ । पन्तले आफ्ना प्रतिद्वन्द्वी कुलप्रसाद आचार्यलाई २५० मतान्तरले पछि पारेका छन् ।

संघका महासचिव बद्री केसीका अनुसार बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो । राति अबेरदेखि मात्रै मतगणना शुरु भएको हो ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेकामा नयाँ नेतृत्वका लागि २ हजार ३४४ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ प्रतिस्पर्धी रहेका छन्। निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस