एनआरएनए मतगणनास्थलमा मध्यरातमा हंगा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एनआरएनए मतगणनास्थलमा मध्यरातमा हंगा


१ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को मतगणनास्थलमा गएराति हंगामा भएको छ ।

अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएपछि समर्थकले हंगामा मच्चाएका हुन् । उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षबीच झडपसमेत भएको अधिकारीले बताएका छन् ।

झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको र केहीबेर मतगणना नै प्रभावित भएको थियो ।

पटक पटकको विवादका कारण प्रभावित हुँदै आएको एनआरएनको मतगणना विवादकै कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आइसकेको छैन ।

गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ ।

एयरपोर्टबाटै हंगा मच्चाउँदै आएका एनआरएनएहरुले चुनावअवधिभर कहिल्यै भोटिङ मेसिनले काम गरेन भन्दै हंगामा मच्चाए त कहिल्यै मतदान प्रक्रिया ढिलाई गरेको भन्दै तोडफोडमा उत्रिए ।

प्रतिक्रिया दिनुहोस