गैरआवासीय नेपाली संघको मतदान सकियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गैरआवासीय नेपाली संघको मतदान सकियो


३० आश्विन २०७६, बिहिबार


काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत केहीबेरअघि मतदान सकिएको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो । शान्तिपूर्ण रुपमा मतदान सकिएको र केहीबेरपछि मतगणना शुरु हुने संघका महासचिव बद्री केसीले जानकारी दिए ।

निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा.हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका छन् । यसैबीच पूर्वनिर्धारित कार्यतालिकाअनुरुप आज साँझ हुने भनिएको संघको समापन समारोह नहुने भएको छ । मतगणनाको परिणामपश्चात् मात्रै समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस