२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुदको झण्डोत्तोलन कार्यक्रम सम्पन्‍न

अ+ अ-

मित्रराष्ट्र चीनको उहान शहरमा सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता (7th CISM Military World Games)मा सहभागी राष्ट्रहरुको झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त झण्डोत्तोलन कार्यक्रममा नेपाली सेनाका खेलाडीहरुले मार्चपास गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस काउन्सिलले (CISM) प्रत्येक चार वर्षमा संचालन गर्ने यस प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको हो । ‘सैनिक गौरव र विश्‍व शान्ति’ नारा सहित मित्रराष्ट्र चीनको उहान शहरको 12 वटा स्थानमा प्रतियोगिता संचालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाले आर्चरी, विच भलिबल, कुस्ती, व्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्रयाक एण्ड फिल्ड, तेक्वान्दो, मोर्डन पेन्टाथलन, सुटिङ्‍गमा गरी १३ वटा खेलमा भाग लिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलले विशिष्ट पाहुनाको रुपमा विश्‍व सैनिक खेलकुद प्रतियोगिताको उद्‍घाटन समारोहमा भाग लिने कार्यक्रम रहेको छ ।

नेपालसहित विश्‍वका 105 मुलुकका 10 हजार 719 खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकुद प्रतियोगिता कार्तिक 10 गतेसम्म संचालन हुनेछ । यस खेलकुद प्रतियोगितालाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकुद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित 27 खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्‍न विधा र समूहमा गरी 328 वटा प्रतिस्पर्धा हुनेछन् ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताका विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका ताराू नाम दिइएको छ भने ट्रफिलाई ‘शान्तिको प्रतिकू को संज्ञा दिइएको छ ।

नेपालको राष्ट्रिय खेलकुदमा महत्वपूर्ण योगदान दिदैं आएको नेपाली सेनाको यस प्रकारको सहभागिताले नेपाली सेना र नेपाललाई विश्‍व खेल जगतमा चिनाउनुका साथै ‘Visit Nepal 2020’ लाई समेत प्रवर्द्धन गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।