२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको अर्मनमा फस्टाउँदै अलैँचीखेती

अ+ अ-

गलेश्वर । विगत सात वर्ष पहिले अलैँचीखेती शुरु गरेका म्याग्दी मङ्गला गाउँपालिका वडा नं ५ अर्मनका हरिध्वज थापा अलैँची टिपेर सुकाउन व्यस्त छन् । सामुदायिक वनको छ रोपनी जग्गा भाडामा लिएर र आफ्नो छ रोपनी गरी १२ रोपनी जग्गामा उनले सो खेती शुरु गरेका हुन् ।

अलैँचीखेती र यसको बजारमूल्यका बारेमा थाहा पाएपछि परम्परागत खेतीपातीभन्दा व्यावसायिक अलैँचीखेतीमा खटिएका थापाको दिनचर्या अलैँची बारीमा नै बित्ने गरेको छ । शुरुशुरुमा धान, कोदो रोप्न छोडेर गाउँमा कसैले नगरेको अलैँचीखेती गर्दा गाउँलेले गिज्याएका थापाको अलैँचीको बगैँचा देखेर अहिले गाउँले दङ्ग परे पनि अलैँचीले उचित बजार मूल्य पाउन नसक्दा थापा भने भित्रभित्रै चिन्तित छन् ।

गत वर्ष देशका अन्य ठाउँमा प्रतिकिलो एक हजार बजार मूल्य हुँदा आफूले गाउँबाट नै प्रतिकिलो ६०० रुपैयाँमा अलैँची बेच्नुपरेको तीक्तता व्यक्त गर्ने थापाले यस वर्ष अलैँचीको उत्पादन पनि राम्रो भएको र आफैँले बजारमा लगेर बेच्ने योजना रहेको सुनाए । ‘पोहोर साल म ठगिएँ’, थापाले भने, ‘तर यस वर्ष म आफैँले राम्रो मूल्य पाइने ठाउँमा लगेर अलैँची बेच्नु, पोहोरको जस्तो यसपाली गाउँमै आएका व्यापारीलाई अलैँची बेच्दिन ।’ प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गर्दा पनि पोहोर साल सबै खर्च कटाएर रु ६० हजार फाइदा भएको बताउने थापाले यस वर्ष अलैँची बिक्री गरेर दुई लाख रुपैयाँ कमाउने लक्ष्य राखेका छन् ।

थापा अर्मन गाउँमा अलैँचीखेती गर्ने पहिलो किसान छन् । अहिले १२ रोपनी जग्गामा अलैँचीखेती गरेका थापाले अलैँचीका सात हजार गाज रहेका र पोहोर साल एक क्विन्टल अलैँची उत्पादन भएको बताए ।

अलैँचीका लागि ओस्याइलो र चिसानयुक्त ठाउँ चाहिने र यसका लागि अर्मनको तल्लो भेग, खोलाखर्क र सामुदायिक वन अति उपयुक्त भएको उनको भनाइ रहेको छ । ‘अलैँचीखेती गर्न अन्य बाली उत्पादन हुने खेतबारी नै प्रयोग गर्नुपर्छ भन्ने हुँदैन’, थापाले भने, ‘खेर गएको पाखो, जङ्गल, चिस्यानयुक्त ओसिलो ठाउँ भए हुन्छ ।’ मङ्गला गाउँपालिकाकाले पनि अलैँचीखेतीका लागि थापालाई सहयोग गरेको छ ।

गत वर्ष थापाले उत्पादन गरेको अलैँचीको बिक्रीको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले नै व्यवस्था गरिदिएको थापाको भनाइ छ । प्राङ्गारिकखेती र व्यावसायिक कृषि मङ्गला गाउँपालिकाको प्राथमिकतामा नै रहेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘किसानले उत्पादन गरेका कृषिउपजले बजार नपाएमा हामी त्यसको बेवास्था मिलाउँछौँ’, थापाले भने, ‘कृषकले प्राङ्गारिक खेती गर्नुपर्ने हुन्छ ।’

अलैँची कृषक थापाले अलैँची सुकाउने मेसिनको अभावमा आगो फुकेर वा घाममा सुकाएर अलैँची प्रशोधन गर्नुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार सम्बन्धित निकायले कृषकलाई सामग्री सहयोग गरेर कृषिप्रति उत्प्रेरित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

समयसमयमा तालीम, प्रशिक्षण, भ्रमणका साथै ठाउँ अनुकूलको मल, बीउ र बजारी करणका लागि सरकारले ध्यान दिन सकेको छैन । किसानले उत्पादन गरेको तरकारी, फलफूल वा कृषिउपजको भण्डारण गर्ने तरिका थाहा नहुँदा कृषिउपज खेर जाने गरेका छन् । यस्तै भएको छ अलैँची कृषक थापालाई पनि ।

थापाले उत्पादन गरेको अलैँची धनसारमा थन्किएको छ । घरको आँटी, बाह्रतली, कोठी, आँगन जताततै बोटबाट टिपेर सुकाउन राखिएको अलैँची नै अलैँची छ । ‘सुकाउने ठाउँको अभावमा यसरी राख्नु परेको हो’, कृषक थापाले भने, ‘हाम्रा लागि त धनसार नै भनेको छ अलैँचीको भन्सार ।’

कृषकलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले सरकारले कृषकलाई अनुदानको व्यवस्था गरेको छ । तर त्यो अनुदान वास्तविक किसानसँग पुग्न नसकिरहेको कृषकले गुनासो गर्ने गरेका छन् । ‘सराकारी अनुदान केही पावरवाला र टाठाबाठाका लागि बरदान सावित बनेको छ । तर, वास्तविक किसानले सरकारबाट प्रदान गरिने अनुदान प्राप्त गर्न सकेका छैनन्’, कृषक रोशन सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस