६ हजार घुससहित दुई खरिदार पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

६ हजार घुससहित दुई खरिदार पक्राउ


२९ आश्विन २०७६, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले ६ हजार घुस सहित मालपोत कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत खरिदार सूर्यप्रसाद मिश्र र खरिदार दुर्गाप्रसाद चौधरीलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले कार्यालय परिसारबाट ६ हजार नगद सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

दुबैजना अख्तियारको बुटवल कार्यालयको हिरासतमा छन् । उनीहरुले सेवाग्राहीसँग मोही जग्गा नामसारी गरिदिने भन्दै रकम माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस