निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ


२९ आश्विन २०७६, बुधबार


काठमाडौं । प्रहरीले ललितपुरको निदान हस्पिटलका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।

अस्पतालले एक व्यक्तिको नाममा अर्को व्यक्तिको मृगौला निकालेर किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

उनीहरूमाथि मानव बेचबिखन आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस