२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई धान भित्र्याउने चटारो

अ+ अ-

धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका किसानलाई यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् ।

अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन् । ‘दशैँमा खर्च नभएर समस्या भयो’, कैलालीको गेटा गाउँका किसान हरि चौधरीले भने, ‘तिहार नजिक आउँदै गर्दा धान पनि पाकेकाले काटेर खर्च जुटाउनै पर्‍यो ।’

धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्न थालेको अर्का किसान लोकेश जोशी बताउछन् । ‘खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्र्याक्टर, धान काट्ने र झार्ने काममा आधुनिक मेशिनको प्रयोग बढ्दा निकै सहज भएको छ’, जोशीले भने, ‘समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।’

जिल्लाको दक्षिणी क्षेत्रका भजनी, टीकापुर, नारायणपुर, धनसिंपुर, लालबोझी, जानकीनगर, जोशीपुर, बसौटी, दरख, पवेरा, हसुलियालगायतका क्षेत्रमा धान बालीको उत्पादन अन्य क्षेत्रको भन्दा बढी हुने गरेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् । धान उत्पादनका लागि उर्बर मानिएको कैलाली जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा धानखेती हुँदै आएको छ ।

दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान प्रदेशका पहाडी जिल्लाहरुमा समेत आपूर्ति हुने गरेको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा चाडपर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पीठोबाट न्वागी, माणा, सिरौला ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने चलन भएकाले पनि किसानलाई धान काट्ने चटारो बढेको हो ।

धान काट्नु अघि नयाँ धानको बाला काटेर आ आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोवरले टाँसेर पूजा गर्ने परम्परा पनि यो प्रदेशमा रहेको छ । गाईको गोबरले घरको दैलोमा टाँस्ने कामलाई ‘देली बालो’ लगाउने भनिन्छ ।

धान बालीको उत्पादन घट्नेः यस वर्ष पर्याप्त वर्षा नभएकोले कैलाली कञ्चनपुर जिल्लामा वर्षे धान बालीको उत्पादन विगतको भन्दा घट्ने अनुमान कृषि प्राविधिकको छ । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले यस वर्ष धान बालीका लागि चाहिने वर्षा प्रयाप्त नभएको र हाइब्रिड (वर्णशङ्कर) जातको सिन्दुरी र गरिमा धान खेतीमा बाला लाग्न नसकेको समस्याले धान उत्पादन घट्न सक्ने देखिएको बताए ।

‘कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा र सिन्धुरी जातको धानमा बाला लाग्न नसकेको कृषकको गुनासोका विषयमा अध्ययन निरीक्षण गरेका छौँ’, निर्देशक जोशीले भने, ‘आगामी केही दिनमा यस विषयमा प्रतिवेदन तयार गरी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेश गर्दैछौँ ।’रासस

प्रतिक्रिया दिनुहोस