सांसद साहलाई चार दिन म्याद थप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सांसद साहलाई चार दिन म्याद थप


२९ आश्विन २०७६, बुधबार


काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको बताइएको छ ।

सर्लाही निर्वाचन क्षेत्र १ बाट राजपा सांसद साहमाथि जनकपुरबाट काठमाडौं जहाज उडान ढिला गरेको आक्रोशमा जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोप लागेको छ । उनलाई प्रहरीले मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ गरेको थियो ।

साहलाई पक्राउ गरेको विरोधमा जनकपुर र वीरगञ्जमा राजपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस