राजदूतद्वय दाहाल र शेर्पाले लिए सपथ « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

राजदूतद्वय दाहाल र शेर्पाले लिए सपथ


२८ आश्विन २०७६, मंगलबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले आज आआफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित थिए । यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका थिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस