२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान उत्पादनमा कमी आउने

अ+ अ-

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र भट्टले यस वर्ष कञ्चनपुरमा ४८ हजार ८९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताए ।

उनले यहाँ किसानले लगाएको गरिमा जातको धान नफलेकाले पनि उत्पादन घट्ने बताए । गत वर्ष कञ्चनपुरमा एक लाख ५० हजार २८ मेट्रिकटन र कैलालीमा तीन लाख ५९ हजार ८०० मेट्रिकटन धान उत्पादन भएको भट्टले बताए ।

कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरण र कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेकाले पनि किसानले आवश्यताअनुसारको सिँचाइ सुविधा पाउन सकेका छैनन् ।

यहाँ धान भित्र्याउने बेलासम्म गरिमा जातको धान लगाएका किसान भने निराश छन् । कञ्चनपुर र कैलाली गरी ९६८ किसानले यहाँ करीब २७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धानखेती गरेका छन् । “ढिलो गरी बाला आएकाले किसानले धान फल्नेमा आशा मारिसकेका छन्’, उनले भने, ‘हामीले धान नफलेको विषय अनुगमन गरेर प्रतिवेदन केन्द्रमा पठाउँछौँ ।’

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिका–३ का किसान पुरन चौधरीले गरिमा जातको धान नफल्दा समस्या भएको बताए । ‘अरुले धान भित्र्याएर आलुखेती गर्ने तयारी गर्दैछन् ।’ चौधरीले भने, ‘यो पाली गरिमा जातको धानले डुबाउने भयो ।’रासस

प्रतिक्रिया दिनुहोस