पारसले गरे कप्तानबाट छोड्ने घोषणा - प्रशासन प्रशासन

पारसले गरे कप्तानबाट छोड्ने घोषणा


प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार १३:१७

काठमाडौं । पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो ।

उनले नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको बताएका छन् ।

कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।

Tags:

प्रतिक्रिया दिनुहोस