हत्याको आरोपमा पक्राउ परेका आलमलाई जिल्ला अदालतबाट सात दिन म्याद थप « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

हत्याको आरोपमा पक्राउ परेका आलमलाई जिल्ला अदालतबाट सात दिन म्याद थप


२८ आश्विन २०७६, मंगलबार


रौतहट । मोहम्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ ।

१४ जनाको हत्याको आरोपमा पक्राउ परेका आलमलाई अनुसन्धानका लागि सात दिन म्याद थप गरेको हो ।

न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले ७ दिन म्याद थप गर्ने अनुमति दिएको जिल्ला अदालत रौतहटले जनाएको छ ।

उनर्ला घटना भएको १२ वर्षपछि रौतहटस्थित उनकै निवासबाट प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले पक्राउ गरेको थियो ।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।

उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ।आलम अदालतबाट दोषी ठहर भए निलम्बनमा पर्नेछन् र उक्त पद रिक्त हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस