महराको डीएनए परीक्षण गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महराको डीएनए परीक्षण गरिने


२८ आश्विन २०७६, मंगलबार


काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण गरिने भएको छ ।

प्रहरीका अनुसार अनुसन्धानका लागि महराको डीएनए परीक्षण गरिन लागेको हो । नर्भिक अस्पतालमा उपचारत उनको डीएनए परीक्षण गरिने जनाइएको छ ।

असोज १२ गते महराले बलात्कार प्रयास गरेको संसद सचिवालयकै एक कर्मचारीले आरोप लगाएकी थिइन् । आरोप पछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

पीडित महिलाको जाहेरी पछि प्रहरीले महरालाई हिरातमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस