सरकारी कार्यालय नियमित, सेवाग्राही बढ्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी कार्यालय नियमित, सेवाग्राही बढ्दै


२८ आश्विन २०७६, मंगलबार


काठमाडौं । दशैँको बेला बन्द रहेका सरकारी कार्यालय सोमबारदेखि नियमित रुपमा खुलेका छन् । सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि सोबारदेखि नियमित रुपमा खुलेका हुन् ।

कार्यालय खुलेसँगै सेवाग्राही पनि आउन थालेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । उनले भने ‘कार्यालयका केही टाढा रहेका कर्मचारी आउन बाँकी रहेको छ । दैनिक जसो नियमित कार्य शुरु गरिएको छ, विस्तारै सेवाग्राहीहरु बढेका छन् ।’

दशैँमा पाँच दिन सरकारी कार्यालय बन्द रहेका थिए । आइतबार पनि सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिएपछि सोमबारदेखि मात्र नियमित रुपमा कार्यालय खुलेका हुन् ।

प्रतिक्रिया दिनुहोस