तीन सय उपसचिव र एक सय सहसचिवको भर्ना खोल्दै लोक सेवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन सय उपसचिव र एक सय सहसचिवको भर्ना खोल्दै लोक सेवा


२८ आश्विन २०७६, मंगलबार


लोक सेवा

काठमाडौं । लोक सेवा आयोगले उपसचिव र सहसचिवको भर्ना खोल्ने भएको छ ।

दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले बुधबार विज्ञापन गर्न लागेको छ ।

आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गत झण्डै एक सय सहसचिव तीन सय उपसचिवको भर्ना खोल्न लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय तथा निकायका करीब ७ हजार कर्मचारीको दरबन्दी रिक्त छ । जसमध्ये १ सय ६३ सहसचिव, ३ सय उपसचिव, ६ सयको संख्यामा शाखा अधिकृत र ६ हजारको हाराहारीमा नायब सुब्बा र खरिदार छन् ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको माग आकृति फारामको आधारमा भर्ना प्रक्रिया अगाडि बढाउन लागेको हो । जसमा प्रशासन सेवातर्फको संख्या बढी रहेको आयोगले जनाएको छ ।

मंगलबारसम्म सबै संख्याको टुंगो लगाउन सके बुधबार विज्ञापन गर्ने तयारी गरेको आयोग श्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस