नेपाल क्रिकेट संघमाथिको निलम्बन ससर्त फुकुवा - प्रशासन प्रशासन

नेपाल क्रिकेट संघमाथिको निलम्बन ससर्त फुकुवा


प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार २१:०१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ(क्यान)माथि लगाएको निलम्बन ससर्त फुकुवा गरेको छ ।

आइतबार र सोमबार बसेको आईसीसी बैठकले ससर्त फुकुवा गर्ने निर्णय गरेको जनाईए पनि विज्ञप्तिमा सर्तबारे केही उल्लेख गरिएको छैन ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघमाथि निलम्बन गरेको थियो । त्यसपछि आईसीसीकै प्रत्यक्ष संग्लग्नतामा गठन गरिएको सल्लाहकार समिति र स्वतन्त्र समितिको मातहत जिल्ला, प्रदेश र असोज ३ गते केन्द्रीय निर्वाचन सम्पन्न भएको थियो ।

चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएसँगै नेपालको निलम्बन फुकुवाको बाटो खुलेको हो

Tags:

प्रतिक्रिया दिनुहोस