धरानबाट पेस्तोलसहित पक्राउ परे लागूऔषध कारोबारी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

धरानबाट पेस्तोलसहित पक्राउ परे लागूऔषध कारोबारी


२७ आश्विन २०७६, सोमबार


धरान । भारतीय रिभल्वर पेस्तोलसहित एकजना लागुऔषध कारोवारीलाई धरान प्रहरीले पक्राउ गरेको छ ।  आइतबार राति इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले सुनसरीको कोसी गाउँपालिका- ३ घर भएका २३ वर्षीय निरज कुमार राउतलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट ठूलो मात्रामा लागुऔषध बरामत गरेको छ । प्रहरीका अनुसार उनको कोठाबाट एउटा ठूलो चाइनिज पेस्तोल, म्यागजिन, १३ राउण्ड गोलीसहित डाइलेक्स औषधि एक सय एमएलको २२५ बोतल, खैरो हेरोइन ७ ग्राम, नाइट्रोसन ६ सय ४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुललगायत बरामद भएको छ ।

राउतको साथबाट नगद ११ हजार रुपैयाँसहित लागूऔषध तौल गर्ने डिजिटल मेसिन पनि बरामद भएकाले प्रहरीले उनी लागूऔषध बिक्री गर्ने डिलर भएको आशंका गरेको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस