काठमाडौं । डाक्टर गोविन्द केसीले आफ्ना माग पुरा नभए कात्तिक १३ गतेदेखि फेरि अनशन बस्ने बताएका छन् । माग पुरा गर्न उनले ११ दिने अल्टिमेटम दिएका छन् ।
सरकारी सेवाबाट आजै अवकाश प्राप्त डाक्टर केसीले पत्रकार सम्मेलन गरी अनशन बस्ने घोषणा गरेका हुन् । उनले सेवाबाट अवकाश भए पनि अनशन बस्ने बताएका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. केसीको २६ वर्षे सेवाबाट आजै अनिवार्य अवकाश भएको हो ।
उनले द्वनद्व पीडितको न्याय सुनिश्चित गर्न संक्रमण कालीन न्यायसम्बन्धी आयोगहरुमा पार्टीका कार्यकर्ता भर्ना नगराउने लगायतका ६ बुँदे माग राखेका छन् ।







